संगालोखबर सम्बाददाता

मोरङ । बेलबारी बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा पुनः बेलबारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदी चयन भएका छन् । क्याम्पसको तेस्रो परिषद भेलाले नगर प्रमुख सुवेदीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।

Advertisement

नगर प्रमुख सुवेदी यसअघि पनि सञ्चालक समिति अध्यक्ष थिए । भेलाले दोस्रो कार्यकालका लागि पनि सुवेदीलाई नै अध्यक्ष बनाएको हो । सुवेदी पहिलो पटक अध्यक्ष हुदाँ जग्गा व्यवस्थापन गरी भवन निर्माण गरिएको थियो ।

नगरपालिकाले नै प्राविधिक शिक्षालाई जोड दिएकाले क्याम्पसमा समेत त्यस्ता बिषय प्राथमिकतामा राखिएको सुवेदीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!