संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा आज ७ जना कोरोना संक्रमित थपिएका छन् । १६८ जनाको पीसीआर परीक्षण गर्दा २ महिला र ५ पुरुषमा संक्रमण देखिएको हो ।

Advertisement

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ३, सुनसरीमा २, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा २, धनपालथानमा १, सुनसरीको दुहवी र इटहरीमा १–१, उदयपुरको चौदण्डीगढीमा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो ।

योसँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या ३० हजार ४४५ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!