सांकेतिक तस्वीर

विराटनगर । विराटनगर महानगरपालिका–८ वलियाइमा गएराती छोराले कुटपिट गरी बुवाको हत्या गरेका छन् । वलियाइका २५ बर्षीय रबि सहानीले कुटपिट गर्दा उनका बुवा ५२ बर्षीय विको सहानीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना गएराती करिब ८ बजेको हो । प्रहरीका अनुसार घरायसी विवादका क्रममा रविले वावुमाथि कुटपिट गरेका थिए । कुटपिटबाट टाउकोमा गंभीर चोट लागेका विकोलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्याइएको थियो ।

Advertisement

उपचारका क्रममा राती करिब १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले संगालोखबरलाई बताए । ‘कुटपिटपछि छोरा फरार छन् । कोशी अस्पतालमा बुवाको मृत्यु भयो । घटनाको कारण पत्ता लागेको छैन । हामी अनुसन्धान गर्दैछौ,’ डिएसपी राईले भने ।

मृतकको शवलाई पोष्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । कुटपिटमा संलग्न छोराको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!