Rabin Katel

धनकुटा । धनकुटा नगरपालिका–७ चुलिबनमा लागेको डढेलो बस्तीमा पस्दा एउटा घर जलेर नष्ट भएको छ । शनिवार दिउँसो करिब ३ बजेबाट सुरु भएको डढेलो तीब्र रुपमा फैलिएको छ । चिरविरे चौतारा आसपास क्षेत्रबाट सुरु भएको डढेलो भीरालो जंगलमा हावाहुरीका कारण तीव्र रुपमा फैलिएर बस्तीमा आइपुगेको हो ।

Advertisement

डढेलोले चुलिबन नजिकको एउटा घर जलेर नष्ट भएको धनकुटाका डिएसपी सन्तुलाल जैसवालले जानकारी दिए । ‘हावाहुरीका कारण आगो व्यापक रुपमा फैलिएको छ । अहिले आगो नियन्त्रणबाहिर भएकाले आसपास क्षेत्रको बस्ती जोखिममा छ,’ डिएसपी जैसवालले संगालोखबरसँग भने ‘सुरक्षाकर्मी, स्थानीयबासी र दमकल लगाएर आगो नियन्त्रणको प्रयास गरिरहेका छौ । तर, हावाहुरी चलिरहेकाले आगो नियन्त्रण गर्न गाह्रो भइरहेको छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement