पाँचथर । पाँचथरको फिदिममा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा फिदिम नगरपालिका–१२ भोटेगाउँका १९ बर्षीय राजु ढुंगाना छन् ।
बिहान ७ बजे बिजुलीको पुरानो ट्रान्समिटर निकालेर नयाँ ट्रान्समिटर जडान गर्ने क्रममा करेन्ट लाग्दा ढुंगाना गंभीर घाइते भएका थिए ।
उपचारका लागि स्थानीय समर्पित अस्पताल पुर्याइएका उनको बिहान १०ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।