पत्रपत्रिका खबर

काठमाडौं । बुधबार बिहान आकाश खुलेपछि  प्रदूषण घट्ने आशा पलाएको थियो तर अपराह्नतिरबाटै फेरि तुवाँलो बढेको छ ।  यो अवस्था अझै केही दिन रहने मौसमविद्ले जनाएका  छन् ।

Advertisement

भारतको राजस्थानबाट धुलो सहितको प्रदूषित वायु नेपाल भित्रिसकेकाले बिहीबार देखि काठमाडौँसहित विभिन्न क्षेत्रको जनजीवन थप प्रभावित हुने मौसम पूर्वानुमान  महाशाखाले जनाएको छ । डढेलो पूरै नियन्त्रणमा नआएकाले वायुमा धुलो र धुवाँ थपिने क्रम जारी छ ।

मौसमविद्  शान्ति कँडेलले भनिन्, “आज कम भयो भनेर खुसी हुने अवस्था देखिँदैन,  बिहीबार देखि  उस्तै गाढा प्रदूषणले आकाश ढाकिने छ ।” – आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!