सुनसरी । सुनसरीको इटहरीमा आज एक जनाको हत्या भएको छ । इटहरी–२ का ५५ बर्षीय जीवन रेग्मीले स्थानीय ५० बर्षीय केशब कार्कीलाई फलामको खन्तीले हानेर हत्या गरेका हुन् ।
दिउँसो करिव साढे १ बजे रेग्मीले पहिलेको विवादलाई लिएर खन्तीले भुँडीमा हान्दा कार्की गंभीर घाइते भएका थिए । घाइते कार्कीलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
उपचारका क्रममा दिउँसो साढे २ बजे कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । घटनापश्चात रेग्मी फरार थिए । उनलाई प्रहरीले खोजतलास गरी नियन्त्रणमा लिएको छ ।