संगालोखबर सम्बाददाता

विराटनगर । स्वदेशी उत्पादनको प्रवर्धन गरी राष्ट्रिय आर्थिक एवं औद्योगिक विकासमा टेवा पुर्याउने लक्ष्यले उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयूक्त रुपमा तय गरेको राष्ट्रव्यापी मेरो देश, मेरै उत्पादन अभियान सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहकावीच शुक्रबार भर्चुअल माध्यमबाट अभियान प्रारम्भ गरेका हुन् ।

वढ्दो व्यापार घाटालाई न्यूनिकरण गरी सन्तुलनमा ल्याउनका साथै स्वदेशी वस्तु उत्पादनमा विविधिकरण गरी उपभोग्य वस्तुहरुमा देशलाई आत्मनिर्भर वनाउदै रोजगारीका अवसरहरु सिर्जना गर्दै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पुर्याउने उद्देश्यले अभियान सुरु गरिएको हो । सरकारले अवलम्वन गरेको समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई यो अभियानले सहयोग पुर्याउने विश्वास लिइएको छ । स्वदेशी उत्पादनहरुको खपतलाई वृद्धि गर्दै आर्थिक एवं औद्योगिक रुपमा सबल र सक्षम राष्ट्र निर्माणका लागि देशको आवश्यकता अनुरुपका वस्तुहरु स्वदेश मै वन्नु पर्ने राष्ट्रिय संकल्पका साथ दुवै संस्थाले अभियान थालेका हुन् ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल र मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले शनिवार संयुक्त प्रेस विज्ञप्ति जारी गरेर अभियानलाई सार्थक तुल्याउन सबैमा आग्रह गरेका छन् । ‘दैनिक उपभोग्य वस्तुहरुको स्वदेश मै उत्पादन अभिवृद्धि गरी आयात प्रतिस्थापन गर्दै निर्यात प्रवर्धन गर्ने अभिप्रायकका साथ दुवै संस्थाले प्रारम्भ गरेको यस अभियानलाई सार्थक तुल्याउँन उद्योग संगठन मोरङ र मोरङ व्यापार संघका तर्फबाट सवैमा अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!