संगालोखबर सम्वाददाता

भोजपुर । बनमा लागेको डढेलो गाउँमा पस्दा गएराती भोजपुरको हतुवागढी गाउँपालिका–८ मा छ घर जलेर नष्ट भएका छन् । आगोले चार वटा गोठसमेत जलेका छन् ।

Advertisement

स्थानीय खाङचिम्मा राष्ट्रिय बनमा लागेको आगो बस्तीमा पसेको हो । आगोले खुकैला तल्लो टोलका शान्ता कुमारी राईको घर तथा ग्वाली, अर्जुन राईको दुई वटा घर, कञ्चन राईको २ वटा घर, भीमबहादुर राईको घर तथा तीन वटा ग्वाली जलेर नष्ट भएको भोजपुरका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक प्रदिप लामाले जानकारी दिए । ‘बनमा दिउँसो करिब ३ बजेतिर लागेको आगो बस्तीमा पसेर क्षति पुर्यायो,’ प्रहरी प्रवक्ता लामाले संगालोखबरसँग भने,‘प्रहरी, सेना र स्थानीयबासी लागेर बिहान करिब ३ बजे आगो निभाएका छौं ।’

आगलागीबाट कति मूल्य बराबरको क्षति भएको यकिन हुँन वाँकी रहेको प्रहरीले जनाएको छ । यसैबीच, हतुवागढी–८ बारीगाउँस्थित भालढुंगा सामुदायिक बनमा लागेको आगोले स्थानीय कालिबहादुर राइको गोठ जलेर नष्ट भएको छ ।

टेम्केयैयुङमा घरमा लाग्यो आगो

यता, भोजपुरको टेम्केयैयुङ गाउँपालिका–७ शिवालय टोलका धनप्रसाद कोइरालाको घरमा बिहिबार दिउँसो आगलागी भएको छ । आगलागीबाट कोइरालाको दुई तले घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । कोइरालाको घर जिम्मा लिएर स्थानीय चन्द्र राई बस्दै आएकी थिइन् ।

आगलागीको कारण खुल्न सकेको छैन । दिउँसो करिब २ः४५ बजे लागेको आगो कोट प्रहरी चौकीबाट गएको प्रहरी टोली र स्थानीयबासीले अपरान्ह ४ः३० बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!