सुनसरी । धरान उपमहानगरपालिका–८ मा आज साँझ श्रीमानले श्रीमतीको हत्या गरेका छन् । स्थानीय ३७ बर्षीय तिलबहादुर माझीले साँझ साढे ५ बजे ३१ बर्षीया श्रीमती सम्झना राईको हत्या गरेको प्रहरीले जनाएको छ ।
तिलबहादुरले घाँटीमा खुकुरी प्रहार गर्दा सम्झना गम्भीर घाइते भएकी थिइन् । घाइते सम्झनालाई उपचारका लागि बी.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो । अस्पताल पुर्याउँनासाथ साँझ पौने ६ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
अस्थायी प्रहरी चौकी बरगाछीबाट गएको प्रहरी टोलीले श्रीमती हत्या आरोपमा तिलबहादुरलाई पक्राउ गरेको छ ।