पत्रपत्रिका खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेर ‘छोरी’सरह बनाएका मुगुकी ठिल्ले साङमु लामाले अहिले अभाव र तनावका कारण विद्यालय जानै छोडेकी छिन् । ३ वर्षअघि अभिभावकत्व ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले ठिल्लेको परिवारलाई जम्मा २० हजार नगद र केही लत्ताकपडा पठाए । तर खर्चको अभावमा र विद्यालय जाँदा एवं गाउँघर पुग्दा सबैले ‘प्रधानमन्त्रीकी छोरी’ भनेर गिल्ला गरिदिँदा तनावमा परेर ठिल्ले विद्यालय जानै छाडेकी हुन् ।

Advertisement

अभाव र तनावका कारण निकै तीक्ष्ण क्षमता भएकी ठिल्लेको विद्यालय यात्रा टुंगिने चिन्तासमेत बढेको छ । यसले अभिभावकत्व ग्रहण गरिएका बाँकी बालबालिकाको अवस्था के होला सहजै बुझ्न सकिने अवस्था पनि देखिएको छ । मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोग गाउँपालिका–८ मा रहेकी प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व घोषणा गरेकी छोरी ठिल्ले साङमु लामा आफ्नै स्कुले साथीभाइबाट हेपिन पुगेकी छन् । कर्णाली रारा पर्यटन वर्ष २०७५ मा प्रधानमन्त्री ओलीले रारा तालको किनारमा पुगी लामालाई अभिभावकत्व ग्रहण गरेका थिए । तर अहिले २ वर्ष बितिसक्दा पनि पढाइ खर्चलगायत गाँस, बास, कपास प्रतिबद्धता व्यक्त गरे अनुरुप सहयोग नगर्दा पछिल्लो समय लामालाई अध्ययनमासमेत समस्या भएको छ भने विद्यालय जाँदा प्रधामन्त्रीकी छोरी भनेर साथीभाइले जिस्क्याउने गरेका छन् ।

लामा अहिले बुद्ध माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययनरत छिन् । उनको दिमाग तीक्ष्ण भए तापनि पठनपाठनमा आवश्यकता पर्ने स्टेसनरीका सामान कापी, कलम, नहँुदा विद्यालयमा बिरलै जाने गरेको विद्यालयले जानकारी दिएको छ । यता बुद्ध माध्यमिक विद्यालय माग्री गाउँका प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायले लामाका अभिभावकसँग बुझ्दा दुईपटक मात्र सहयोग गरेको तर बाँकी सहयोग कुनै निकायबाटसमेत नभएको बुझिएको बताए । – यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!