पत्रपत्रिका खबर

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-८ का वडा अध्यक्ष नुरुल मियाँसँग भारतीय नागरिक भएको र आधार कार्ड रहेको आरोप लागेको छ। भारतीय आधार कार्ड बनाएका मियाँ भारतीय बैंकमा खातासमेत खोलेर भ्रष्टचार गर्न लिप्त भएको भन्दै सोही वडाका वडा सदस्यहरुले आरोप लगाएका छन्। विराटनगरमा पत्रकार सम्मेलन गरेर वडा सदस्यहरुले भारतीय आधार कार्ड र बैंकमा खाता भएको सार्वजनिक गरेका छन्। उनीहरुले वडा अध्यक्षलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालय मोरङ र अख्यिारमासमेत उजुरी दिएका छन्।

Advertisement

भारतीय आधारकार्ड र बैंकमा खाता रहेको भन्दै वडा सदस्यहरुले अध्यक्षलाई कारवाही गर्न माग गरेका छन्। मियाँसँग ७०५४९२०३५५७० र भीआइडी नम्बर ९१२३८१११८८५३४५० रहेको आधार कार्ड छ। आधार कार्डका आधारमा फिनो पेमेन्टस बैंकमा खाता खोलेको छन्। बैंकको विवरण नुरुलले आफ्नो ठेगाना सोनापुर – ८ अररिया उल्लेख छ। नेपालमा उनले वंशज नागरिकता लिएका छन्। मोरङको तत्कालिन डाइनिया गाविस वडा–३ बाट २०५५ असार ५ गते वंशजको नागरिकता लिएका हुन्। दोहोरो नागरिकता लिएको भन्दै वडा सदस्यहरूले माघ २६ गते अध्यक्ष विरूद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी गरेका छन्।

भारतीय आधार कार्ड भएका अध्यक्षले भ्रष्ट्रचार गरी रकम भारततर्फ लगेको भन्दै वडाका वडा सदस्य कन्या मिया, कन्हैयालाल गनगाई , दुखिया ऋिषिदेव र शिलादेवी गनगाइले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएका छन्। उजुरी दिएपनि हालसम्म कारवाही नभएको उनीहरुले दुखेसो पोखेका छन् । वडा अध्यक्ष मियाले आफूले भारतको दिल्लीमा बस्दा आधारकार्ड बनाएको बताएका छन्। दिल्लीमा काम गर्न जाँदा आफूसँग कार्ड रहेको स्वीकार गरे। तर रासन कार्ड र मतदाता नरहेको भारतीय नागरिक भन्न नमिल्ने उनले बताए।

स्थानीय तहको निर्वाचन जितेपछि कार्ड प्रयोग नगरेको उनले बताए। ‘नेपाल आएपछि जनताले चुनावमा उठाउन चाहे, पार्टीले टिकट दियो,’ उनले भने ‘अहिले कार्ड एक्टीभ छैन, कम्युटरबाट हेर्न मिल्छ होला।’मियाँ तत्कालिन एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन्। आफूविरुद्ध स्थानीय इस्तियाज नाम गरेका व्यक्तिले षड्यन्त्र गरेको उनको दाबी छ। आफ्नो बदमान गराउन जनप्रतिनिधि र स्थानीय केही मानिस लागि परेको उनको गुनासो छ। – यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा जितेन्द्रनारायण ठाकुरले लेखेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!