संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको शहिदभूमिलाई पूर्ण विद्युत चुहावटमुक्त गाउँपालिका घोषणा गरिने भएको छ । गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा सम्पन्न सातौं गाउँसभाले शहिदभूमिलाई विद्युत चुहावटमुक्त गाउँपालिका घोषणा गर्ने निर्णय गरेको हो ।

Advertisement

विद्युत चुहावटमुक्त गाउँपालिका घोषणा गर्नका लागि नेपाल विद्युत प्राधिकरणसँग सहकार्य तथा समन्वय गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यल बताए ।

त्यस्तै गाउँसभाबाट जलस्रोत ऐन र संस्था दर्ता सम्बन्धि ऐन पनि पारित गरिएको छ । गाउँसभाबाट यस वर्षको बजेट अनुमोदन गरिनुका साथै गाउँपालिकाको कार्यक्रम तथा योजनाहरु संसोधन गर्दै एक पटकलाई फागुन मसान्तसम्म म्याद थप गरिएको छ ।

स्तैगरी गाउँपालिकाको चालू आर्थिक वर्ष २०७७/०७८ को साउन महिनादेखि पौष मसान्त सम्मको अर्धवार्षिक समीक्षा कार्यक्रम पनि सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण वडाका सचिवहरु र सम्पूर्ण शाखा प्रमुखहरुले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राई, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य तथा वडा सदस्यहरु लगायत कर्मचारीहरुको सहभागिता थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!