
मोरङ । मोरङको उर्लाबारीमा ट्याक्टरको ट्रलीले किच्दा आज एक जनाको मृत्यु भएको छ । ट्रली पल्टेर किच्दा रतुवामाईका ५१ बर्षीय गौरीमान खड्काको मृत्यु भएको हो ।
दिउँसो करिव साढे १ बजे उर्लाबारी–१ टपुखोलामा प्रदेश १–०४–०१ त १२० नम्बरको ट्याक्टरमा गिटी लोड गर्ने क्रममा ट्रली पल्टेर किच्दा घटनास्थलमै गौरीमानको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।















