
उदयपुर । उदयपुरबाट सालका अवैध फर्निचरसहित दुई जना पक्राउ परेका छन् । बेलका नगरपालिका–९ जरायो खोलास्थित मदन भण्डारी राजमार्गमा पश्चिमबाट पूव तर्फ जाँदै गरेको स १ त ७९१६ नंम्बरको ट्याक्टरमा लोड गरी सुनसरीतर्फ लैजादै गरेको अवैध काठसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठधनि बराहक्षेत्र–२ बयरवनकी ३६ बर्षीया धनु राई र ट्याक्टर चालक बेलका–९ का २४ बर्षीय कृष्ण बहादुर शाही ठकुरी छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले जिल्लाभित्र रहेको बिभिन्न प्राकृतिक स्रोत साधनहरुको अवैध रुपमा हुने चोरी निकासी नियन्त्रण गर्ने अभियान अन्तर्गत सोमबार उक्त काठ बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको बिशेष टोलीले सालको काठको लोबेड १ थान, बक्स प्लङ १ थान, आराम चियर १ थान, बेन्च १ थान गरी करिव एक लाख रुपैयाँ बराबरको सामान फेला पारेको हो ।
आवश्यक कारबाहीका लागि ट्याक्टरसहित अवैध काठलाई सब–डिभिजन बन कार्यालय रामपुर ठोक्सिलामा बुझाइएको छ ।















