
उदयपुर । उदयपुरबाट लागुऔषधसहित आज एक जना पक्राउ परेका छन् । लागुऔषधसहित त्रियुगा नगरपालिका–५ का २५ बर्षीय प्रदिप शाक्य थारु पक्राउ परेका हुन् ।
विहान करिव साढे ११ बजे प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध फेनेर्गन–३० एम्पुल, नूफिन–३० एम्पुल र डाएजेल्याव–३० एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।















