काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको झन्डै डेढ महिना हुँदै छ । तर, २३ मन्त्रालय अझै मन्त्रीविहीन छन् । मन्त्रिपरिषद् विस्तार गर्ने दलहरुको भाका सरिरहेको छ ।

Advertisement

पछिल्लोपटक असार मसान्तसम्म गर्ने भनिएको मन्त्रिपरिषद् विस्तार अब ३ साउनमा गर्ने तयारी गरिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डल देशबाहिर रहेको, मन्त्रालय बाँडफाँड तथा सरकारमा सहभागी हुने दलको टुंगो नलाग्दा सरकार विस्तार हुन नसकेको हो ।

मन्त्री सिफारिसका लागि बनेको कार्यदलका सदस्य रमेश लेखकका अनुसार कांग्रेस र माओवादीबीच ३ साउनमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!