
विराटनगर । विराटनगरका एक युवालाई बन्दक बनाएर उनको परिवारसँग १० लाख रुपैयाँ फिरौती माग्ने तीन जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१८ का २३ बर्षीय सुभाष कामतलाई बन्धक बनाई फिरौति रकम माग्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर–२० का २० बर्षीय रोहित मण्डल, विराटनगर–१६ का अजय यादव र विराटनगर–६ की २८ बर्षीया सन्ध्या शर्मा छन् ।
उनीहरुले शनिवार दिउँसोदेखि कामतलाई बन्धक बनाएका हुन् । कामतलाई बन्दक बनाएर फिरौती बापत परिवारसँग १० लाख रकम मागेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले विराटनगर–६ बाट उनलाई सकुशल उद्धार गरी तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।















