संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ डाँडाखर्कमा बाँसका सामाग्री बनाउँने तालिम सञ्चालन गरिएको छ । महालक्ष्मी नगरपालिकाको आर्थिक सहयोगमा नागरिक सचेतना केन्द्र डाँडाखर्कले एक महिने तालिम सञ्चालन गरेको हो ।

Advertisement

घरायसी काममा प्रयोग हुँने बासका सामाग्री बनाएर स्थानीयबासीलाई गाउँमै स्वरोजगार बनाउँने उद्धेश्यले तालिम सञ्चालन गरिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले बताए । स्थानीय २० जनालाई तालिम प्रदान गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!