
मोरङ । मोरङको केराबारी–५ स्थित भित्रि सडकखण्डमा शनिवार बिहान ट्याक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ । दुर्घटनामा परी सुनसरीको इटहरी–३ का १८ बर्षीय गजेन्द्र राईको मृत्यु भएको हो ।
बिहान करिब ८ बजे को २ त ५५०० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा राई गम्भीर घाइते भएका थिए । घाइते राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
उपचारका क्रममा विहान करिब ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ट्रयाक्टर र चालक इटहरी–३ का २७ बर्षीय राम दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।















