
विराटनगर । विराटनगरबाट दुई लाख भन्दा बढी भारतीय रुपैयाँसहित आज एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको अररिया थाना नरपथजंग पोस्ट तलासी–१० का संजय सिंह छन् ।
साँझ करिव पौने ५ बजे विराटनगर–१७ मटेरुवास्थित अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले भारतबाट लुकीछिपि नेपालतर्फ आएका सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनको साथबाट भारतीय रुपैयाँ ५०० का ३८८ थान, २०० का २६ थान गरी २ लाख ४६ हजार भारतीय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मानबहादुर राइले जानकारी दिए ।
पक्राउ परेका सिंहलाई आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय रानी बुझाइएको प्रहरीले जनाएको छ ।















