संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट आज दिउँसो लागुऔषधसहित एक जना पक्राउ परेका छन् । झापाको दमक नगरपालिका–९ का २५ बर्षीय रोसन दर्जीलाई दिउँसो करिब ३ बजे लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेची पुलमा चेकजाच गर्ने क्रममा दर्जीको साथमा ५ ग्राम लागुऔषध ब्राउन सुगर बरामद भएको हो ।

Advertisement

लागुऔषध बरामद भएपछि दर्जीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काकडिभिट्टाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!