संगालोखबर सम्बाददाता

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले जेष्ठ नागरिकहरुलाई घर-घरमै पुगेर सम्मान गर्न थालेको छ । ९० बर्ष भन्दा बढि उमेरका जेष्ठ नागरिकलाई घरमै पुगेर सम्मान गर्न थालिएको हो ।

Advertisement

बेलबारी २ नम्बर वडाबाट सम्मान थालिएको छ । घर-घरमै पुगेर जेष्ठ नागरिकहरुलाई व्लाङ्केट, सुइटर लगायत सामाग्री दिएर सम्मान गर्न थालिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । सवै वडामा पुगेर जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने सुवेदीको भनाई छ । सम्मान पाउँदा जेष्ठ नागरिकहरु हर्षित बनेका छन् । बुढेसकालमा सम्मान पाउँदा धेरै खुशी लागेको बेलबारी-२ की ९३ बर्षीय हरिमाया कणेलले बताईन ।

एक्टिभ नेपालको सहयोगमा नगरपालिकाले जेष्ठ नागरिकहरुलाई सम्मान थालेको हो । नगर क्षेत्रभित्रका १ सय २ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिने नगरपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!