
विराटनगर । प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको खुशीयालीमा नेकपाको प्रचण्ड–नेपाल समूहले आज बिराटनगरमा बिजय जुलुश निकालेको छ । सर्वोच्चको निर्णयलाई स्वागत गर्दै विराटनगरका विभिन्न चोकबाट विजय जुलुस निकालेर खुशीयाली मनाइएको हो ।
मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् । प्रधानमन्त्रीले प्रतिगामी कदम चालेको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहसहित बिभिन्न पार्टीले त्यसको विरोध गर्दै आएका थिए ।
यसैबीच मंगलवार सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गरेर संसद् पुनस्थापना गरेपछि खुशीयाली मनाउँदै बिजय जुलुश निकालिएको हो । संसद पुनस्थापनाको फैसलापछि नेकपाको प्रचण्ड–नेपाल समूहले देशभर खुशीयाली मनाएर बिजय जुलुश निकालेको छ ।
भिडियो…















