विराटनगर । विराटनगर–१६ स्थित दुर्गा मन्दिरबाट आज लागुऔषध खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका–७ तकियाका २१ बर्षीय रुपेश फुयाल छन् ।
दिउँसो करिव ३ बजे फुयालले चलाएको २ ह ३७२९ नम्बरको टेम्पोको फुडब्रेकको म्याट्रिस मुनी लुकाइएको अवस्थामा खैरो हिरोइन बरामद भएको हो । लागुऔषध ब्युरो बिराटनगरबाट खटिएको टोलीले चेकजाँच गर्दा टेम्पोमा ३ ग्राम ९४० मिलिग्राम खैरो हिरोईन फेला पारेको हो ।
लागुऔषध बरामद भएको टेम्पोसहित फुयाललाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।