
तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिका–७ फिर्केमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब ३ बजे चट्याङ लागेर फिर्केका ५४ बर्षीय कृष्ण खड्काको मृत्यु भएको हो ।
घर नजिक रहेको गोठमा खोले पकाउँदै गरेका बेला चट्याङ लाग्दा खड्का बेहोस भएका थिए । स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका क्रममा साँझ करिब पौने ७ बजे खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।















