
झापा । झापाको भद्रपुरका एक व्यक्तिले ढुंगाले हानेर श्रीमतीको हत्या गरेका छन् । भद्रपुर–७ का ५८ बर्षीय साहेबा उराउले ६० बर्षीया श्रीमती फिल्सिताको हत्या गरेका हुन् ।
सोमबार दिउँसो करिब साढे ३ बजे श्रीमान–श्रीमतिबीच विवाद भएर झगडा भएको थियो । सोही क्रममा उराउले श्रीमतिलाई ढुंगाले टाँउकोमा हानेका थिए । ढुंगाले लागेर घाइते भएकी फिल्सिताको गएराती करिब २ बजे मृत्यु भएको हो ।
घटनापछि साहेबालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।















