
ईलाम । ईलाममा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ईलाम नगरपालिका–७ तिल्केनीस्थित राजमार्गमा अटो दुर्घटना हुँदा ईलाम–९ का २२ बर्षीय अबिकल सुन्दासको मृत्यु भएको हो ।
सोमबार राती करिव ८ बजे मे १ ह ३०२२ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा सुन्दास गंभीर घाईते भएका थिए । उपचारका लागि विराटनगरतर्फ लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।















