
झापा । झापामा हात्तीको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । जंगली हात्तीको आक्रमणबाट भद्रपुर–२ स्थित कमलधापकी ५० बर्षीया सीता दाहालको मृत्यु भएको हो ।
दिउँसो करिव साढे १ बजे स्थानीय जंगलमा साथीहरुसँग घाँस काट्न गएको अवस्थामा जंगली हात्तीले सीतालाई आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणबाट उनी गंभीर घाइते भएकी थिईन । उनलाई उपचाराका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।















