संगालोखबर सम्वाददाता

धनकुटा । भागरथी भट्टको न्यायको माग गर्दै आज धनकुटामा दीप प्रज्वलन गरिएको छ । धनकुटा लेडी जेसिजले भीम नारायण चौकमा दीप प्रज्वलन गरेर न्याय माग गर्दै श्रद्धाञ्जली कार्यक्रम गरेको हो ।

Advertisement

कार्यक्रममा धनकुटा लेडी जेसिजका संस्थापक अध्यक्ष प्रमिसा श्रेष्ठ, अध्यक्ष बिसिका श्रेष्ठ, उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, कोषाध्यक्ष रुपेश श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, धनकुटा–६ का वडाध्यक्ष नरेश श्रेष्ठ लगायतले दीप प्रज्वलन गरेका थिए ।

सो अवसरमा उनीहरुले भागरथीका हत्यारा र बलात्कारीलाई कारवाहीको माग गरे । बैतडीकी १७ बर्षीय किशोरी भागरथीको केही दिन अघि बलात्कारपछि हत्या गरेर फालिएको अवस्थामा जंगलमा शव फेला परेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!