
मोरङ । विराटनगर–१५ स्थित हुलास मेटल एरियाबाट लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरीको इटहरी–५ का ५२ बर्षीय तेजबहादुर राई र सोही स्थानका ४१ बर्षीय पदम बहादुर राई छन् ।
जोगबनीतर्फ जाँदै गरेको को २ ह ७२४१ नम्बरको अटोलाई विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । अटोमा चेकजाँच गर्ने क्रममा वियरको काटुनभित्र लुकाएर राखिएको अवस्थामा ४ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
गाँजा फेला परेपछि अटो चालक पदम बहादुर र अटोमा सवार तेज बहादुर राईलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















