संगालोखबर सम्वाददाता

धनकुटा । पत्रकार हरिबहादुर लम्जेलले नेपाल पत्रकार महासंघ धनकुटा शाखालाई ५० थान प्लाष्टिकको कुर्सी प्रदान गरेका छन् । मंगलवार एक कार्यक्रमका वीच संचारकर्मी लम्जेलले महासंघका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ र उपाध्यक्ष नगेन्द्र राईलाई कुर्सी हस्तान्तरण गरेका हुन् ।

Advertisement

पेशागत संगठनको रुपमा रहेको महासंघको कार्यालय व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले कुर्सी प्रदान गरेको पत्रकार लम्जेलले बताए ।

पत्रकार महासंघका अध्यक्ष श्रेष्ठले कुर्सी सहयोग गर्ने लम्जेललाई धन्यवाद व्यक्त गर्दै प्राप्त कुर्सीले महासंघको कार्यालय व्यवस्थापनमा सहयोग पुग्ने बताए ।

पत्रकार महासंघ धनकुटाका सह–सचिवसमेत रहेका लम्जेल अन्नपूर्ण पोस्ट् दैनिकको धनकुटा संवाददाताका रुपमा कार्यरत छन् । उनले यसअघि पनि महासंघलाई पाँच थान भित्ते घडी प्रदान गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!