
सुनसरी । सुनसरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका–५ मा मंगलबार राती प्रदेश १–०२–०४३ प ८८२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बराहक्षेत्र–४ का ३९ बर्षीय महेन्द्र साहको मृत्यु भएको हो ।
राती करिव साढे ७ बजे मोटरसाइकलले ठक्कर दिँदा साह घाइते भएका थिए । धरानस्थित वी.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।















