संगालोखबर सम्वाददाता

धरान । धरानबाट लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । भोजपुरको हतुवागढी–६ घर भई धरान उपमहानगरपालिका–१३ बस्ने ३४ वर्षीय गुमान राईलाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

राईले गाँजा बिक्रीबितरण गर्ने गरेको बिशेष सुचनाको आधारमा उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीका अनुसार उनको कोठा खानतलासी गर्दा लुकाई राखेको अवस्थामा २ किलो २७० ग्राम गाँजा बरामद भएको हो ।

बरामद भएको गाँजासहित पक्राउ परेका राईलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!