विराटनगर । प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमित ४१० जना रहेका छन् । जसमध्ये ३९१ जना होम आईसोलेसनमा छन् । त्यस्तै नोवेल मेडिकल कलेजमा ७, विराट मेडिकल कलेजमा ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पतालमा ३/३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा २ जना कोरोना संक्रमित उपचाररत रहेको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी, तथ्याङक संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले जानकारी दिए ।
उनका अनुसार अस्पतालमा उपचाररत मध्ये ५ जना आईसीयु र १४ जना सामान्य वेडमा छन् । हालसम्म २९ हजार ९२८ जना संक्रमित मध्ये २९ हजार ५६ जना डिस्चार्ज भएका छन् । संक्रमण देखिएका ४६२ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेश १ का २१४ कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका २०६ जना संक्रमित निको भएका हुन् । त्यस्तै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २, विराट मेडिकल कलेज र नोवेल मेडिकल कलेजबाट १/१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
प्रदेश १ मा आज १५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङको विराटनगरमा ७, बेलबारी, जहदा र सुन्दरहरैचामा १/१, धनकुटाको धनकुटा नगरपालिकामा ३ र झापाको विर्तामोड र शिवसताक्षीमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म २ लाख १० हजार ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ ।