दार्जिलिङ। पश्चिम बंगालसँग अलग गोर्खाल्याण्ड राज्यको माग गर्दै पछिल्लो एक महिनादेखि दार्जिलिङमा बन्द र हिंसा जारी छ । जसका कारण यहाँ करिब ८ अर्बको नोक्सान भइसकेको बताइएको छ ।

राती चोरको समूहले किराना पसललाई लुटिरहेका छन् । ताजा हिंसापछि ममता सरकारले सेनालाई पुनः तैनाथ गरेको छ । यो हिंसामा अहिलेसम्म सात युवकले ज्यान गुमाइसकेका छन् ।

Advertisement

१. सडकमा देखिँदैनन् पर्यटकः

– जून जुलाई दार्जिलिङका सडक र होटल पर्यटकले खचाखच हुने महिना हुन् । यहाँको सुन्दरतालाई हरेकले आफ्नो क्यामरामा जीवनभरीका लागि सम्हालेर राख्न चाहन्छन् ।

तर यस्तो दृश्य अब हराइसकेको छ । दार्जिलिङको पहिचान त्यसको सुन्दरता, चिया बगान हो । दैनिक करिब ४५ हजार मानिसहरु यहाँ भ्रमणका लागि आउने गर्दछन् । यहाँको हरेक घर पर्यटनले चल्ने गर्दछ ।

२. बजार बन्द, सडक सुन्य र होटलमा ताल्चाः

यहाँ बजार बन्द छ । सडक सुनसान छन् र होटलमा पनि ताल्चा झुण्डिएका छन् । त्यहाँको स्थिती कर्फ्यू जस्तो छ । दार्जिलिङको गल्लीमा ह्यान्डिक्राफ्ट बेच्ने बिपिनले पछिल्लो एक महिनादेखि दार्जिलिङ जलिरहेको छ । आगलागी र हिंस्रक प्रदर्शनले दार्जिलिङबाट पर्यटकलाई टाढा भगाइदिएको छ ।

३. घरमा खानपिनको स्टक समाप्तः

बिपिनले भने, ‘पर्यटकका कारण हामीले दुई छाक खान पाइरहेका थियौं । घरमा राखिएको खानपिनको स्टक समाप्त भइसकेको छ । हामी अलग गोर्खाल्याण्ड चाहन्छौं तर बच्चाहरुलाई भोको देख्न चाहन्नौं । हामी चाँडोभन्दा चाँडो यहाँको स्थिती पहिलेको जस्तै होस् भन्ने चाहन्छौं ।’

दोस्रोतर्फ आन्दोलनको अगुवाई गरिरहेका मानिस सहमतीमा आउनै चाहँदैनन् । गोर्खा जनमुक्ति मोर्चाले बन्दलाई १८ जुलाईसम्म बढाएको छ ।

४. नकाबधारी समूह किराना पसल लुट्छन्ः

बागडोगरामा बस्ने एक युवकका अनुसार दार्जिलिङमा सिक्किमबाट आउने अत्यावश्यक खानपिनको सामान र औषधीको आपूर्ति पनि बाधित भइरहेको छ । यसले भोकमरीको स्थिती छाएको छ ।

मानिसहरु समूह बनाएर अबेर राती सडकमा निस्कन्छन् । उनीहरु अनुहारलाई नकाबले ढाक्छन् । उनीहरु बाटोमा पर्ने खानपिनको पसल र होटललाई लुटिरहेका छन् ।

चिया उद्योगलाई सबैभन्दा धेरै नोक्सानीः

१५ जूनमा जीजेएम प्रमुख विमल गुरुङको अफिसमा पुलिसको छापापछि स्थिती अनियन्त्रित भयो । आन्दोलनको आगो अब सिक्किम पनि पुगिसकेको छ । हुन त यो हिंसाको आगोमा अहिलेसम्म करिब ८ अर्ब भारु नोक्सानी भइसकेको छ ।

दार्जिलिङ टी असोसिएशनका चिफ एड्भाइजर संदीप मुखर्जी भन्छन्, ‘यो आन्दोलनले चिया उद्योगलाई करिब ३ सय ५० करोड रुपैयाँको नोक्सानी भएको छ ।

यो मौसममा छानिएको चिया पत्तीको विदेशमा भारी माग हुने गर्दछ जसले उच्च मूल्य पाउने गर्दछ । करिब एक महिनाभरी चियापत्ती छान्ने काम बन्द छ । अहिलेसम्म बन्दले चिया उद्योगलाई छुट दिएको थियो । तर यसपटक यस्तो भएन ।

नेपाल र भूटानको सिम उपयोग गरिरहेका छन् मानिसः

दार्जिलिङमा जून १७ देखि इन्टरनेट सेवामा रोक छ । केही मानिसहरुसँग नेपाल र भूटान सीमा गएर दुबै देशको नेटवर्क प्रयोग गरिरहेका छन् । नेपालको काकडभित्ता सीमा सबैभन्दा नजिक छ । भूटान सीमा कालिम्पोङबाट सुरु हुन्छ । यी दुई देशको सिम निकै सजिलै पाइन्छ ।-एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!