
बिराटनगर । प्रदेश १ मा बिगत २४ घण्टाको अवधिमा ५६ जना कोरोना संक्रमित थपिएका छन् । झापा, मोरङ, सुनसरी, धनकुटा र संखुवासभामा २४ महिला र ३२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
झापाको बाह्रदर्सीका ५ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । यता मोरङको बिराटनगरका २३ जना, सुन्दरहरैंचाका ३, बेलबारीका २ र जहदाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सुनसरीको ईटहरीका २ जना, बर्जुका ५ जना, दुहबीका ३ जना र गढीका ६ जनामा पनि कोरोना संक्रमण देखिएको छ । यता, ९२ जनाको पीसीआर परीक्षण गर्दा धनकुटाका दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । संखुवासभामा पनि एक जना कोरोना संक्रमित थपिएको छन् ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ७७ पुगेको छ भने १ हजार २ सय ७७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रदेश १ मा हालसम्म १७ जना कोरोना संक्रमितको मृत्यु भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।















