गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महालक्ष्मी नगरपालिका–७ जीतपुरका ३० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी विदेशबाट आएका हुन् ।

Advertisement

असार २६ गते साउदीबाट आएका उनी जीतपुरस्थित जनता माध्यमिक विद्यालयको क्वारेनटाईनमा थिए । उनीसहित २२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको थियो ।

प्रतिष्ठानमा पीसीआर परीक्षणका क्रममा उनमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईँले संगालोखबरलाई जानकारी दिए । संक्रमितलाई उपचारका लागि मोरङको गोठगाउँस्थित कोरोना अस्पताल पठाईएको छ ।

यसअघि जीतपुरकै २४ बर्षीय युवामा पनि कोरोना संक्रमण भएको थियो । योसँगै धनकुटामा कोरोना संक्रमण पुष्टि भएकाको संख्या १५ पुगेको छ । जसमध्ये ११ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । बाँकी चार जनाको गोठगाउँस्थित कोरोना अस्पतालमा उपचार भईरहेको छ ।

यो पनि हेर्नुहोस्…

धनकुटाका तीन जनाले १० दिनमै जिते कोरोना, चार जना उपचाररत

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!