संगालोखबर सम्बाददाता

धरान । धरानस्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत १३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । झापा र मोरङका १५ देखि ४१ बर्षसम्मका पुरुषहरु कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन् ।

Advertisement

डिस्चार्ज हुँनेमा मोरङका १२ र झापाका एक जना छन् । उनीहरु जेठ २८ र ३१ गते अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

हालसम्म प्रतिष्ठानबाट १ सय २८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भईसकेका छन् । बाँकी ६३ जनाको उपचार भईरहेको प्रतिष्ठानले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!