
धनकुटा, ३१ भदौ । नेपाल कम्युनिष्ट पार्टी धनकुटाका नेता ऋषिराम ढुंगानालाई मातृशोक परेको छ । आमा यज्ञकुमारीको ७६ बर्षको उमेरमा गएराति निधन भएपछि नेता ढुंगानालाई मातृशोक परेको हो ।
निमोनिया भएपछि केहि दिन अघि उनलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो ।
निमोनियाको औषधि सेवन गर्दै आएकी ढुंगानाको गएराति १२ः४४ बजे धनकुटा–६ कचिडे स्थित घरमा निधन भएको परिवारस्रोतले जनाएको छ ।
उनको पार्थिक शरिरलाई मुलघाट स्थित बिश्रान्तीमा आज दिउँसो अन्त्येष्टि गरिने बताईएको छ । उनका ६ छोरा र ४ छोरी छन् ।
नेता ढुंगाना यसअघि पूर्व माओवादी केन्द्रका धनकुटा सह–इन्चार्जसमेत भएका थिए ।















