
धनकुटा, २७ भदौ । पूर्वी नेपालमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान करिव १० बजेर ३७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
धनकुटा, भोजपुर, सुनसरी, मोरङ, झापा लगायत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको जिल्ला सहकर्मीहरुले जनाएका छन् ।
भूकम्पको रेक्टरस्केल र केन्द्र बिन्दु भने पत्ता लाग्न वाँकी छ ।















