इलाम, २४ भदौ । बलात्कारका घटना बढिरहेका बेला इलाममा पुन: कक्षा छ मा पढ्ने १३ वर्षीया बालिका बलात्कृत भएकी छन्  ।  बालिकाको स्वास्थ्य परिक्षण गर्दा गर्भमा २४ हप्ताको गर्भ रहेको पुष्टि भएको छ ।

Advertisement

बालिका बलात्कार गरेर गर्भवती बनाएको अभियोगमा प्रहरीले देउमाई नगरपालिका–९ का नौ जना पक्राउ गरेको छ । एक जनाविरुद्ध अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ भने आठ जनालाई शनिबार मात्र पक्राउ गरेको छ ।

उनका हजुरबाले दिएको उजुरीका आधारमा आरोपीहरू पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले अनुसन्धान भइरहेकाले पक्राउ परेकाको नाम खुलाउन नमिल्ने बताएका छन् ।

एकै ठाउँका ११ जनाविरुद्ध बलात्कारको उजुरी परेपनि अहिलेसम्म ९ जनालाईमात्र पक्राउ गरिएको र बाँकी दुईजना फरार रहेको प्रहीले बताएको छ ।

पिडितका पक्षले दिएको जाहेरी अनुसार सबैले फरक–फरक समयमा बलात्कार गरेको हुन् । उजुरी परेकाहरूको उमेर १८ वर्षदेखि ६५ वर्षसम्मका रहेका छन् ।

पिडित बालिकाको भनाई अनुसार सुरुमा आफ्नै फुपाजुले बलात्कार गरेका थिए । उनको पेट अस्वभाविक रुपमा ठसलो देखिएपछि परिवार र आफन्तले सोधपुछ गर्दा फुपाजुले बलात्कार गरेको बताइन् । त्यसपछि स्थानीयले फुपाजुलाई बालिका जिम्मा लगाएर घटना मिलाएका थिए ।

गाउँमै घटना मिलाए पनि अधिकारवादी संघसंस्था प्रहरीमा पुगेका थिए । प्रहरीले फुपाजुलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेको छ । उनको म्याद थप गराउन सरकारी वकिलले बालिकाको बयान लिने क्रममा बालिकाले अन्य १० जनाले पनि आफुलाई बलात्कार गरेको बयान दिएकी थिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!