तमोर नदी । फाईल तस्वीर: संगालोखबर

धनकुटा, २३ भदौ । धनकुटाको मुलघाटस्थित तमोर नदीले बगाएर शनिवार बिहान एक महिलाको मृत्यु भएको छ ।

पुल नजिकै नुहाउँने क्रममा बिहान करिव १० बजे नदीले बगाउँदा धरान उपमहानगरपालिका–१४ बिजयपुरकी ५५ वर्षिया भीमाकुमारी भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

नदीले बगाएको स्थान भन्दा करिव दुई किलोमिटर तलबाट उनको शव निकालिएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्र गुरुङले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार महिलालाई नदीले बगाउँदै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सशस्त्र प्रहरी बल मुलघाटको उद्धार टोलीले नदीबाट भट्टराईको शव निकालेको हो ।

मृतकको शवलाई धनकुटा जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाईएको छ । मृतक भट्टराईका श्रीमान र दुई छोरा छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!