संगालोखबर सम्वाददाता

धनकुटा, २१ भदौ । बलात्कारपछि हत्या गरेर फालिएको अवस्थामा शव फेला परेकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै धनकुटामा प्रदर्शन गरिएको छ ।

Advertisement

पन्तको हत्यामा संलग्नलाई पक्राउ गरेर कडा कारबाही गर्न माग गर्दै बिहिबार जिल्ला सदरमुकाममा प्रदर्शन गरिएको हो । स्थानीय मदनचौकबाट सुरु भएको जुलुशले बजारका बिभिन्न क्षेत्रको परिक्रमा गरेको थियो ।

बजार ब्यवस्थापन समिति र महिला अधिकारकर्मीहरुको अगुवाईमा भएको प्रदर्शनका क्रममा बिद्यार्थीहरु पनि ब्यानर र प्लेकार्डसहित निश्किएका थिए ।

यसैवीच जुलुश पश्चात जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाईएको छ । पन्तको हत्यारालाई पक्राउ गरी कारबाहीको माग गर्दै बजार ब्यबस्थापन समितिका अध्यक्ष विप्लव श्रेष्ठले प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

बलात्कारपछि हत्या गरेर फालिएको अवस्थामा गत साउन १० गते पन्तको शव फेला परेको थियो । घटनापश्चात दोसीलाई कारबाहीको माग गर्दै देशका बिभिन्न स्थानमा प्रर्दशन भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!