संगालोखबर सम्वाददाता

धनकुटा २१ भदौ । नेपाली कांग्रेस धनकुटाले बिहिबार सहिदभूमी गाउँपालिकाको पिप्लेमा क्रियासिल सदस्यताको प्रमाणपत्र वितरण गरेको छ ।

Advertisement

संगठनलाई क्रियासिल तथा सुदृढीकरण गर्न पार्टीका नेता तथा कार्यकर्तालाई क्रियासिल सदस्यताको प्रमाणपत्र वितरण गरिएको कांग्रेसले जनाएको छ ।

कार्यक्रममा जिल्ला सभापति अग्नी प्रसाद पौडेल, सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई लगायतले प्रमाणपत्र बितरण गर्दै कांग्रेसले सशक्त र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा बोल्दै नेताहरुले लोकतन्त्रको संरक्षण र जनताको चाहना अनुरुप विकास गर्न कांग्रेस सशक्त हुनुपर्नेमा जोड पनि दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!