संगालोखबर सम्वाददाता

विराटनगर, ४ भदौ । बिपन्न बिरामीलाई लक्षित गरी गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सोमबार मोरङको भाउन्नेमा शिविर सञ्चालन गरी ३ सय भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ ।

Advertisement

बेलवारी–१० भाउन्ने स्थित महेन्द्र माध्यमिक बिद्यालयमा गरिएको स्वास्थ्य शिविरबाट ३ सय ७ जना बिरामीले निःशुल्क उपचार सेवा लिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । शिविरमा ६३ जनाको भिडियो एक्सरे, ४७ जनाको ल्यावटेष्ट र २३ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका मार्केटिङ अफिसर सञ्जय मण्डलले जानकारी दिए । शिविरमा आँखा रोग, हाडजोर्नी तथा नसा सम्बन्धि समस्या र मेडिसिनमा बढी मात्रामा बिरामीले उपचार गराएका छन् । नोबेल अस्पतालका बिषेशज्ञ डाक्टरसहित २२ जनाको टोली बिरामीको उपचारमा खटिएको थियो ।

शल्यक्रिया गर्नुपर्ने तथा गंभीर प्रकृतिका ४९ जना बिरामीलाई थप उपचारका लागि शिवरबाट नोबेल अस्पताल रिफर गरिएको छ । शिविरबाट रिफर भएका बिरामीलाई अस्पताल ल्याउँन गाडीको ब्यवस्था मिलाउँने गरिएको नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले बताए । ‘शिवरबाट नोबेलमा आएका बिरामीको अवस्था हेरी उपचारमा छुट र निःशुल्क उपचारसमेत गर्नेछौ ।’ उनले भने ।

यसैवीच, शिविरबाट धेरै राहत मिलेको उपचारमा आएका बिरामीले प्रतिक्रिया दिएका छन् । पथरीया र पेटको समस्याले सताएर शिविरमा पुगेकी भाउन्नेकी ७० बर्षीया फुलमायाँ कार्कीले नोबेलले गाउँ–गाउँमा शिविर गर्दै आएकाले उपचारमा धेरै सजिलो भएको बताईन् । त्यस्तै स्थानीय बिन्दु कटुवाल र बलबहादुर कार्कीले पनि स्तरीय डाक्टर र सवै उपचार सेवासहित नोबेलले निःशुल्क शिविर गर्दै आएकाले गाउँ–गाउँका बिपन्न बिरामीलाई उपचारमा धेरै सजिलो भएको प्रतिक्रिया दिए ।

बिपन्न बिरामीलाई लक्षित गरी पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क शिविर गर्दै आएको नोबेलले केहि दिन अघि पनि मोरङको बैजनाथपुर र बेलवारी स्थित धरहरामा शिविर सञ्चालन गरी १ हजार ३ सय बिरामीको निःशुल्क उपचार गरेको थियो । नियमित निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको नोबेलले गत आर्थिक बर्ष शिविर मार्फत ४९ हजार बिरामीको निःशुल्क उपचार गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!