संगालोखबर सम्वाददाता

धनकुटा, २१ साउन । धनकुटा जिल्ला अस्पताल डाक्टरबिहीन हुँदा बिरामीको उपचारमा समस्या भएको छ । मेडिकल सुपरीटेण्डेनसहित तीन डाक्टरको एकै पटक सरुवा हुनुका साथै करारमा रहेका दुई डाक्टरको म्याद नथपिएपछि अस्पताल डाक्टरविहीन बनेको हो ।

Advertisement

जिल्ला अस्पतालका मेडिकल सुपरीटेण्डेन डा.फडिन्द्र बराल र डा.प्रीती यादव सरुवा भएर गएका छन् । करारमा रहेका हेमसागर गौतम, बबिन रेग्मी र सुमन जायसवालको करार अवधी सकिएपछि चार दिनयता जिल्ला अस्पताल डाक्टरविहीन बनेको अस्पतालका प्रशासन सहायक विरेन्द्र कुमार श्रेष्ठले बताए । उनका अनुसार अस्पतलाको दरबन्दिमा डा.नीती प्रशाई र निलम कुमारीलाई पठाईएको भनिएपनि हालसम्म हाजिर भएका छैनन् ।

धनकुटा अस्पतालमा दैनिक करिव दुई सय बिरामी उपचारका लागि आउँने गरेका छन् । डाक्टर नहुँदा उपचारमा समस्या भएको बिरामीको गुनासो छ । दक्ष जनशक्ति उपलब्ध गराउन पहल गर्ने एवं श्रोत साधन जोहो गर्ने अस्पताल विकास समिति पनि खारेजीमा परेपछि थप समस्या भएको बताईएको छ ।

डाक्टर राख्न नगरपालिकाको पहल

यता, अस्पतालमा डाक्टरको ब्यवस्थापनका लागि धनकुटा नगरपालिकाले प्रकृया अघि बढाएको छ । अस्पताल डाक्टरविहीन भएपछि केहि समयका लागि डाक्टर सुमन जायसवाललाई नगरपालिकाले करारमा नियुक्ती दिने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए ।

बर्षौअघिदेखि धनकुटा अस्पताललाई स्तरोन्नती गर्ने चर्चा चलेपनि सार्थक नहुँदा बिरामीले सास्ती बेहोर्दै आएका छन् । राम्रो उपचारका लागि धनकुटासहित पूर्वी पहाडी जिल्लाका बिरामीले तराई झर्नुपर्ने बाध्यता छ ।

पूर्वी पहाडी जिल्लाबासीका लागि सर्वसूलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँन धनकुटा अस्पतालको स्तरवृद्धि गरी आवश्यक चिकित्सकको व्यवस्थापन गर्न स्थानीयबासीले माग गर्दै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!