धनकुटा, २० साउन । नेपाली कांग्रेस धनकुटाले जिल्ला कमिटिमा पाँच जना सदस्य मनोनयन गरेको छ ।
१ नम्वर प्रदेशका सांसद लिला सुब्बा, चन्द्र श्रेष्ठ, सुमना तिम्सिना, महोन तेयुग र इन्दिरा थापालाई जिल्ला सदस्यमा मनोनयन गरिएको हो ।
पार्टी संगठनलाई विस्तार गरेर सशक्त र सुदृढ गर्न भन्दै पार्टी सभापति अग्नी प्रसाद पौडेलले पार्टीको बिधान अनुसार जिल्ला सदस्य थप गरेको जिल्ला सचिव बिजय सन्तोषी राईले जानकारी दिए ।