काठमाडौँ, १० साउन । मोरङको रतुवामाई नगरपालिकाले घरसमेत बगेका बाढीपीीडतसँग पाँच सय १० रुपैयाँ शुल्क लिएर जिला प्रशासनलाई राहतको सिफारिस गरेको छ ।

Advertisement

प्रशासनले भने पीडितलाई अधिकतम् २ हजार रुपैयाँ मात्र राहत दिन सकिने जनाएको छ ।

वडा नं. ३ का अध्यक्ष कुसनदेवप्रसाद सिंह गनगाईले बाढीपीडित श्रीप्रसाद दास कुवेरतसँग सिफारिसपत्रका लागि चर्को शुल्क असुलेका हुन् । उनी बुधबार राहत लिन ३५ किलोटिर टाढाको जिल्ला प्रशासन कार्यालय विराटनगर आएका थिए । ऋण खोजेर सिफारिस शुल्क बुझाएको उनले बताए ।

कुवेरतले दुई हजारसम्म मात्र राहत पाउने सहायक सीडीओ उमेश पाण्डेले बताए । तर प्रहरी रेकर्ड नभएकाले उनले अझै राहत नपाएको पाण्डेको भनाइ छ । नयाँ पत्रिका दैनिकमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!