सोलुखुम्बु, २ साउन । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-९ सानो खाम्दिङमा छोराको कुटाईबाट ४५ वर्षीय फुर्वा शेर्पाको मृत्यु भएको छ।

Advertisement

शेर्पालाई सोमबार साँझ १८ वर्षका छोरा तेन्जी शेर्पाले कुटपिट गरी घाइते बनाएका थिए।

घाइतेको मंगलबार दिउँसो आफ्नै घरमा मृत्यु भएको प्रहरी चौकी केरुङले जनाएको छ।

घटना लगतै फरार रहेका तेन्जीलाई प्रहरीले मंगलबार साँझ दुधकुण्ड नगरपालिका १० स्थित सोल्मासा जंगलबाट पक्राउ गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!